नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या गरी फरार

काभ्रे । काभ्रेको पनौती नगरपालिका–१२, रोशीमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार, ३० वर्षीया मनीषा तामाङको हत्या भएको हो ।

मनीषाको हत्या उनकै श्रीमान् सन्तबहादुर तामाङले गरेको आशंका प्रहरीले गरेको छ । वडा अध्यक्ष जयराम केसीका अनुसार, हत्यापछि महिलाको शव घरनजिक खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ । सन्तबहादुर जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर केही दिनअघि मात्रै घर पुगेका थिए ।

तर, हाल उनी फरार छन् । उनी चार वर्षअघि करणी मुद्दामा नख्खु कारागार पुगेका थिए । सन्तबहादुर र उनकी श्रीमतीबीच जेलबाट फर्किएपछि झगडा भएको स्थानीयले प्रहरीलाई बताएका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *