नेपाली क्रिकेट टीमलाई युएईले दियो भिसा, सोमबार प्रस्थान गर्ने

काठमाडौं । नेपाली क्रिकेट टीमलाई युएईले भिसा दिएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । जेनजी आन्दोलनपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।

खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए । नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी -२० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *