नेपालको आन्तरिक समस्या उचित ढङ्गले समाधान हुने चीनको विश्वास

बेइजिङ (सिन्ह्वा) । चीनले नेपालको आन्तरिक समस्या उचित ढङ्गले समाधान गरी चाँडै स्थिरता कायम हुने आशा व्यक्त गरेको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा जारी आन्दोलन र अशान्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्गमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले चीन र नेपाल पारम्परिकरूपमा मित्रवत् छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सम्बन्धी सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालका सबै क्षेत्रले आन्तरिक मुद्दालाई उचित रूपमा समाधान गर्ने र सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता चाँडै पुनस्र्थापित गर्नेछन् भन्ने आशा गर्छौं । चीनले नेपालमा रहेका आफ्ना नागरिकलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *