काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण स्थगित भएको छ ।
यही भदौ २८ र २९ गते पोखरामा आयोजना हुने भनिएको उक्त अवार्ड पछिल्लो घटनाक्रमका कारण देशको अवस्था असामान्य भएकाले अवार्ड स्थगित गरिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए ।
उनले जेनजी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटना क्रमका कारण देशको अवस्था सामान्य नभएकाले अवार्ड तत्काललाई स्थगित गरिएको बताए ।
मञ्चका अध्यक्ष अधिकारीले स्थिति सहज भएपछि स्पोर्टस् अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी दिए ।