महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी शुरूवात

पोखरा । पोखरामा आजबाट शुरू भएको वात्साल्य एभरेष्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यश्विस र ललितपुर क्विन्सले विजयी शुरूवात गरेका छन् । शुक्रबार दिउँसो भएको उद्धाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा हराएको हो ।

पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा घरेलु टोलीविरुद्ध कर्णाली हाबी बन्यो । खेलको पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ ले जितेको हो ।

यस्तै आजै भएको दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३-० गोलले हराएको हो । एकपक्षीय खेलमा ललितपुरले पहिलो सेट २५-१७, दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१९ ले जितेको हो ।

अब भोली शनिबार ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्स तथा कर्णाली यश्विस र लुम्बिनी लाभास भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *