मेटाका प्रतिनिधि सरकारको सम्पर्कमा

काठमाडौं । नेपाल सरकारले सामाजिक संजाल फेसबुक बन्द गर्ने निर्णय गरेपछि फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधि सरकारको सम्पर्कमा आएका छन् ।

मेटाका प्रतिनिधिले सरकारलाई सूचीकरणका लागि आवश्यक कागजातका सम्बन्धमा चासो राखेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले मन्त्रालयमा इमेल लेखेर सूचीकरणका लागि चासो राखेको हो ।

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउँदै लगिने निर्णय गरेपछि मेटा सम्पर्कमा आएको हो । मेटाले इमेलमार्फत् माग गरेको जानकारी आफूहरुले पनि इमेलमार्फत् नै पठाएको उनले बताएका छन् ।

सरकारको निर्णयसँगै फेसबुक चल्न छाडेको छ । सरकारले सूचीकरणका लागि निवेदन दिने वितिक्कै चल्न दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *