एमाले केन्द्रीय सदस्य महरविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ । नेकपा एमालेका नेता ऐन महरविरूद्ध मुद्दा दर्ता भएको छ । जिल्ल सरकारी वकिलको कार्यालयले महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको हो ।

अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ । यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदौ ११ मा हाजिरी जमानीमा छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *