काठमाडौं । सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।
विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।
२९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि बुधबार बिहान महर पक्राउ परेका थिए । युवतीले भदौ ३ गते हुकालमार्फत् प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन्। ८ गते कार्यालयले ब्युरोले पीडितलाई बोलाएर जाहेरी सनाखत गराएको थियो।
ऐन महरसहित उनका परिवारले आफूमाथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गर्ने गरेको आरोप युवतीको आरोप छ ।