एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । प्रहरीले महरलाई बुधबार पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन २०६३ को कसुरअनुसार उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो ।

साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले महर पक्राउ परेको जानकारी दिए । रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए । महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *