काठमाडौं । चर्चित स्टोरीटेलर साइग्रेस पोखरेल फिल्म ‘आ बाट आमा’ मा अनुबन्धित भएका छन् । निर्माण टिमले पोखरेललाई फिल्ममा अनुबन्ध गरेको जानकारी दिएको छ । साइग्रेस मोडल तथा कन्टेन्ट क्रिएटर हुन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथा छ । फिल्मको छायाँकन भदौ १२ गतेबाट सुरू हुँदैछ । फिल्ममा साइग्रेससहित उषा उप्रेती, पल शाह, विपना थापा, दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ ।
कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन्। यसको कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा छितिज ढुङ्गाना रहेका छन्।