होबर्ट हुरिकेन्सविरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत होबर्ट हुरिकेन्स एकेडेमीविरुद्ध केहिबेरमा शुरू हुने खेलमा नेपालले टस जितेको छ । काजाल्यस एरिनामा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका हुन् ।

प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । हालसम्म तीन खेल खेलेको नेपाल तीनवटै खेलमा पराजित भएको छ । पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११:- कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, लोकेश बम, आरिफ शेख, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *