काठमाडौं । ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जानकारी दिएको हो ।
नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य आयुष घलान र सुमित श्रेष्ठपनि टोलीमा रहेका छन् । छनोट आगामी सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ । नेपाल छनोटको समूह ‘के’मा रहेको छ । नेपालको समूहमा आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् ।
नेपालले पहिलो खेल३ सेप्टेम्बरमा ताजिकिस्तान, दोस्रो खेल ६ सेप्टेम्बरमा सिरिया र ९ सेप्टेम्बरमा फिलिपिन्ससँग खेल्नेछ । सबै ११ समूहको विजेता टोली एसियन कपमा छनोट हुनेछन् भने दोस्रो स्थानमा रहने उत्कृष्ट ४ टोलीलेपनि एसियन कपमा स्थान पाउनेछ ।
नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेण्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडपिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतीश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी
