विप्लवसँग किन एकता गर्न चाहन्छ माओवादी ?

-ऋषि कट्टेल ।

संसदवादी विसर्जनवादी कम्युनिष्ट पार्टीहरुमा अचेल एकताको गीत निकै गुनगुनाइको छ । खासगरी माओवादी केन्द्रले औपचारिक रुपमै विप्लवसँग पार्टी एकता गर्ने र समाजवादी मोर्चाका अन्य घटकहरुसँग पनि एकता वार्ता अघि बढाउने निर्णय गरेपछि यसले अलि बजार पाएको छ । माओवादी केन्द्र एकताको लागि किन पनि आतुर देखिन्छ भने ऊ तीन दलीय सिण्डिकेटबाट मिल्कियो । एक्लै चुनाव लडेर उसको संसदीय भविष्य छैन । यो कुरा ७४ र ७९ को निर्वाचनले प्रमाणित गरिसकेको छ । यदि माओावदी केन्द्र ७९ मा एक्लै चुनाव लडेको भए मुस्किलले प्रत्यक्षतर्फ ५ सिट भन्दा बढी जित्न नसक्ने कुरा निर्वाचन परिणामको नतिजाको तथ्यगत विश्लेषणले देखाउँछ । अब उसको अगाडि एमालेमा मिसिनु वा एमाले इतर वाम भनिएकाहरुलाई समेटेर अस्तित्व रक्षा गर्नुको विकल्प छैन । यसैले ऊ एकताको याचना गरिरहेछ ।

जहाँसम्म नेकपा एकीकृत समाजवादीको प्रश्न छ उसको संसदीय हैसियत छैन । अहिलेको १० सिट गठबन्धनको कारणले मात्र आएको हो भन्ने कुरा उसले थ्रेसहोल्ड समेत कटाउन नसकेको कुराले पुष्टि गर्दछ । आउने चुनावमा यो पार्टी सानदार शून्यमा झर्नेछ । यसकारण यसमा ठूलो छटपटावट छ । एमालेमा फर्कने पनि वातावरण छैन । कतैनकतै नटासिई उसको अरुवाटो छैन । किनकी यो संसदीय पार्टी हो । यही परिस्थिति बुझेर माकेले लगातार एकताको पासा फालिरहेछ । तर यसले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्यो भने यसका ९०,९५ प्रतिशत कार्यकर्ता एमालेमै फर्कन्छन् ।

जहाँसम्म विप्लवको प्रश्न छ माओवादी केन्द्रसँग यथास्थितिमा एकता गरे विप्लवहरुको राजनीतिक मृत्यु हुन्छ । जसरी वामदेवको भयो । त्यसकारण विप्लवहरु माओवादी केन्द्रले विप्लवले भने जस्तो एकीकृत जनक्रान्ति र विप्लवको नेतृत्व नस्वीकारेसम्म माओवादी केन्द्र विप्लव एकताको सम्भावना देखिँदैन । विप्लवहरु संसदमा जान खोजेका छन् तर उनीहरुसँग अहिले संसदको हैसियत छैन । के माओवादी केन्द्र संसदीय पार्टीवाट बाहिर निस्कन्छ त ? कमसेकम यो ८४ सम्म निस्कँदैन ।

विप्लवलाई पनि यथास्थितिमा पार्टी अगाडि बढाउन कठिन भइरहेको र माओवादी केन्द्रलाई पनि एकताको सन्देश प्रवाहित गरेर आफू अझै माओवादी वृत्तको केन्द्र नै रहेको देखाउन र आफना पूर्वसिण्डिकेटका पार्टनरलाई पुनः सिण्डिकेटमा सामेल गराउन गरिएको याचनाको निम्ति फालिएको पासाबाहेक अरु केही हैन । त्यसकारण अहिले चलिरहेको एकता मौसमी गीत भन्दा बढी केही हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *