पत्रकार महासंघ यूरोप शाखाको अधिवेशन फागुन ८ मा

शेरबहादुर परियार,यूरोप । नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ । बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकले फागुन ८ मा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन सम्पन्न गर्न राजकुमार दिक्पालको संयोजकत्वमा शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल, पञ्चम अधिकारी र दिलनिशानी मगर सदस्य रहेको अनुगमन तथा सुझाव, द्रोण रिजालको संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन, वाइबी गुरुङ्गको संयोजकत्वमा प्रेम परियार, महिन्दो वाइवा, प्रेम पोमु, इन्दिरा चाम्लिङ,गोमा खरेल, वीरमान मगर सदस्य रहेको व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यस्तै महेश खातीको संयोजकत्वमा शेरबहादुर परियार, दीपेन्द्र गजुरेल, दिनेश गौतम,कलश खरेल सदस्य रहेको प्रचार प्रसार, तेजबहादुर नेपालीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन यसैगरी रवीचन्द्र भट्टराईको संयोजकत्वमा प्राविधिक, राजकुमार थापाको संयोजकत्वमा अतिथि समन्वय र व्यवस्थापन, सरला कट्टेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति निर्माण गरेको शाखा अध्यक्ष राईले जानकारी दिए।

अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यूरोपमा रहेका सम्पूर्ण संघसंस्थाहरुको नैतिक सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताए । जुम प्रविधिको माध्यमबाट हुने अधिवेशनले यूरोप शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।अधिवेशन सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार चिरन शर्मालाई केन्द्रीय प्रतिनिधि तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *