नेपालको विदेश नीतिको मोडेल कस्तो ?

-केशवप्रसाद भट्टराई ।

नेपालको विदेश नीतिको मोडेल के ? पृथ्वीनारायण, बहादुर शाह र जङ्गबहादुर मोडेल की भीमसेन थापा मोडेल ? मोडेल बिनाको मोडेलले ल्याएको निरन्तर अस्थिरता, अराजकता, हिंसा र द्वन्द्व !

१. मुलुकहरूका आफ्ना राष्ट्रिय स्वार्थ र तिनलाई प्राप्त गर्ने लक्ष हुन्छन् । ती लक्ष्य प्राप्त गर्ने रणनीतिहरू निर्माण गर्ने विभिन्न सरकारी र गैरसरकारी सँस्था हुन्छन् –त्यही रणनीतिलाई विदेश मन्त्रालय र अन्य कूटनीतिक निकायहरूले अवलम्वन गर्दछन् । त्यही हुन्छ विदेश नीति, त्यही विदेश नीतिको साधन बन्छ कूटनीति ।

२. ठूला र शक्तिशाली राष्ट्रहरूको विदेश नीति र कूटनीति भनेको शक्ति प्रदर्शन हो । शक्तिको अभ्यास हो । प्रभाव निर्माण र विस्तार हो ।

३. साना र कमजोर मुलुकहरूको विदेश नीति र कूटनीति भनेको शक्ति प्रदर्शन, शक्तिको अभ्यासद्वारा प्रभाव निर्माण र विस्तार होइन । मुलुकको स्वतन्त्रता र प्रभुसत्ताको संरक्षण हो, आफ्ना जनताको आर्थिक–सामाजिक विकास र समृद्धिको प्राप्ति हो र त्यसको लागि आवश्यक परे आफ्नो मुलुकको भूराजनीतिक यथार्थको आधारमा कुनै ठूलो र शक्तिशाली राष्ट्रसँग स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा रणनीतिक साझेदारी हो । रणनीतिक विश्वास निर्माण हो ।

४. पृथ्वीनारायण शाहले त्यही गरेर नेपालको एकीकरण गरे । बहादुर शाहले त्यही गरे विराट भूभागमा नेपाल राज्यको विस्तार गरे । भीमसेन थापा त्यहाँ चुके र नेपालको एक तिहाई भूभाग गुमाए ।

५. जंगबहादुरले पृथ्वीनारायण शाह र बहादुर शाहकै नीति अवलम्वन गरे र भीमसेन थापाले गुमाएको नेपालको ठूलै भाग पुनः नेपालमा मिलाए । राणाहरूले मोटामोटी जङ्गबहादुरकै नीति अवलम्वन गरे र मुलुकलाई चरम राजनीतिक अराजकता र अस्थिरताको युगबाट मुलुकलाई मुक्त राखिराखे । मलाई लाग्छ, मोहन समशेर अलमलिए त्यसपछिका शासकहरू विदेश नीति र कूटनीतिमा अलमलिइरहेकै छन् र नेपाल लामो अस्थिरता, अराजकता, हिंसा र द्वन्द्वको बाटोमा हिँडेको–हिँड्यै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *