आमहड्ताल सफल पार्न सहयोग गरेकोमा आमजनसमुदायलाई प्रचण्ड-नेपाल समूहको धन्यवाद

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आमहड्ताल सफल पार्न सहयोग गर्न आमजनसमुदायप्रति धन्यवाद व्यक्त गरेको छ । बिहीबार साँझ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी आमहड्ताल पूर्णरुपमा सफल भएको भन्दै त्यसलाई सफल पार्न समर्थन गर्ने आमजनसमुदायलाई धन्यवाद दिएका हुन् ।

विज्ञप्तिमा प्रवक्ता श्रेष्ठले शान्तिपूर्ण रुपमा आयोजित आमहड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई असफल पारिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *