काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आमहड्ताल सफल पार्न सहयोग गर्न आमजनसमुदायप्रति धन्यवाद व्यक्त गरेको छ । बिहीबार साँझ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी आमहड्ताल पूर्णरुपमा सफल भएको भन्दै त्यसलाई सफल पार्न समर्थन गर्ने आमजनसमुदायलाई धन्यवाद दिएका हुन् ।
विज्ञप्तिमा प्रवक्ता श्रेष्ठले शान्तिपूर्ण रुपमा आयोजित आमहड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई असफल पारिएको उल्लेख गरेका छन् ।

