काठमाडौं । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइयको छ।
प्रचण्ड-नेपाल समूहले आह्वान गरेको बन्दलाई सफल बनाउन ओर्लेका नेता/कार्यकर्ता र प्रहरीबीच शिव चोकमा झडप भएको थियो।
झडपमा परी पूर्वमन्त्रीहरू झा र मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय कुमार यादव बर्बरिया, दीपक यादव , एक जना प्रहरी जवान घाइते भएका थिए।
घाइतेहरूलाई तत्कालै जनकपुरधामको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई काठमाडौं ल्याइयको हो।
प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्री झाको टाउको फुटेको छ।
