जनकपुरमा भएको झडपमा घाइते भएका नेकपाका नेता झासहितका नेताहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइयको छ।

प्रचण्ड-नेपाल समूहले आह्वान गरेको बन्दलाई सफल बनाउन ओर्लेका नेता/कार्यकर्ता र प्रहरीबीच शिव चोकमा झडप भएको थियो।

झडपमा परी पूर्वमन्त्रीहरू झा र मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय कुमार यादव बर्बरिया, दीपक यादव , एक जना प्रहरी जवान घाइते भएका थिए।

घाइतेहरूलाई तत्कालै जनकपुरधामको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई काठमाडौं ल्याइयको हो।

प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्री झाको टाउको फुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *