काठमाडौं । एएफसी यु-२० वुमेन्स एसियन कप छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
साफ च्याम्पियनसिप खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ । डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङताङ टोलीमा परेकी छन् । एक हप्ता अगाडि बंगलादेशमा सम्पन्न साफ यु-२० वुमेन्स च्याम्पियनसिपमा नेपालले दोस्रो स्थान हात पारेको थियो ।
छनोट ६ अगस्टदेखि भुटानमा शुरु हुँदैछ । नेपालको समूहमा भुटान, साउदी अरेबिया र उत्तर कोरिया रहेका छन् । नेपालले ६ अगस्टमा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै ८ अगस्टमा साउदी अरेबिया र १० अगस्टमा उत्तर कोरियासँग खेल्नेछ ।
नेपाली टोली
गोलकिपर:- लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर:- सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पाण्ढक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर:- कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार
फरवार्ड:- कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, बर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समीक्षा मगर
