काठमाडौं । रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत अस्थायी पुल निर्माण सुरु भएको जानकारी दिएको हो ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीचको भेटमा मितेरी पुल दसैं अगाडि नै अस्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो ।