‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पारेकी छन् । आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा भएको सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका थिए ।

समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो भने दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय थियो । सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन् ।

चाहाना प्रधान – मिस ग्राण्ड नेपाल २०२५ गरिमा गुरुङ – मिस टुरिजम वल्र्ड नेपाल २०२५ स्नेहा केसी – मिस सुपर ग्लोबल नेपाल २०२५ सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ भएका हुन् ।

उनीहरूले आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन् ।

मुख्य बिजेताले भख स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *