हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला ।  हुम्लाको सर्केगाड गाउँपालिका– ४को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए ।

स्थानीयबासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *