रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी तीन दिनसम्म सम्पर्कबिहीन भएका छन् । गाउँपालिकाले शुक्रबार राति सूचना जारी गरी तीन दिनदेखि सात जना कर्मचारी सम्पर्कविहीन भएका जानकारी दिएको हो । गाउँपालिकाले सबै जनाको मोबाइल अफ रहेको जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृतसहित सात कर्मचारी तीन दिनदेखि सम्पर्कविहीन भएका भन्दै थवाङ गाउँपालिकाले निकाल्यो सूचना
