काठमाडौं । मलेसियामा भएको एसीसी यु-१९ पुरुष इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता आएको हो । नेपाली टोली आइतबार राति उपाधिसहित स्वदेश फर्किएको हो ।
खेलाडीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले शनिबार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै चौथोपटक उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।
तस्बिर:- क्यान




