यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । मलेसियामा भएको एसीसी यु-१९ पुरुष इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता आएको हो । नेपाली टोली आइतबार राति उपाधिसहित  स्वदेश फर्किएको हो ।

खेलाडीहरुलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले  शनिबार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै चौथोपटक उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।

तस्बिर:- क्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *