११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारीस्वरुप स्पष्टीकरण सोधेको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नका लागि आग्रह गरेअनुसार स्पष्टीकरण सोधेको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले आग्रह गरेको हो । चित्त बुझ्दो जवाफ नआए कालो सूचीमा राख्ने तयारी कार्यालयले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *