इलाममा हत्याका फरार अभियुक्त ४५ वर्षपछि पक्राउ

काठमाडौं । इलाममा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ४५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत इलामबाट २०३८ साल जेठ १२ गते फैसलाले १० वर्ष कैद तोकिएका कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले असार १७ गते पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ७६ का तीलबहादुर गुरुङ रहेका छन् । उनलाई सन्दकपुर गाउँपालिका वडा नम्बर ५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *