बायर्न र पीएसजी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

एजेन्सी ।  बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन(पीएसजी) फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । आईतबार राति भएको खेलमा बायर्नले फाल्मेन्गोलाई ४-२ गोलले हराएको हो ।

हार्ड रक स्टेडियममा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गर्दा लोयोन गोरेट्जकाले एक गोल गरे । बायर्नले एक गोल उपहार पाएको गो । फाल्मेन्गोको लागि गेर्सन र जोर्गीन्होले समान एक/एक गोल गरे ।

अब बायर्नले क्वाटरफाइनलमा पीएसजीको सामना गर्नेछ । पीएसजीले गएरातिनै भएको अर्को खेलमा इन्टर मियामीलाई ४-० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *