एजेन्सी । बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन(पीएसजी) फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । आईतबार राति भएको खेलमा बायर्नले फाल्मेन्गोलाई ४-२ गोलले हराएको हो ।
हार्ड रक स्टेडियममा भएको खेलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गर्दा लोयोन गोरेट्जकाले एक गोल गरे । बायर्नले एक गोल उपहार पाएको गो । फाल्मेन्गोको लागि गेर्सन र जोर्गीन्होले समान एक/एक गोल गरे ।
अब बायर्नले क्वाटरफाइनलमा पीएसजीको सामना गर्नेछ । पीएसजीले गएरातिनै भएको अर्को खेलमा इन्टर मियामीलाई ४-० गोलले हराएको थियो ।
