८२ तोला सुनका गहनासहित पोखराबाट दुई जना पक्राउ

पोखरा । प्रहरीले ठूलो परिमाणका सुनका गरगहनासहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्राउने र पोखरा तथा बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका भारतको अमृतसरका ४९ वर्षीय कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रहरी उनीहरुलाई पोखरा–२२ पुम्दीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुन बरामद गरेको छ । प्रहरीका अनुसार सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्ने गरेका थिए भने विकले नेपालमै बनाउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *