नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धीकरणमा दोषी ठहर गरेको छ । उनीविरुद्ध २०८१ पुष १४ गते मुद्दा दायर भएको थियो ।

पद्मा कोलनीका सञ्चालक कँडेललाई भने सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ।विशेष अदालतले सजाय तोक्न असार १६ गतेलाई पेसी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *