६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार काठमाडौंको टोखाबाट रोकालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

रोकाको खोजीका लागि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युटन नोटिस जारी भएको थियो । रोका तिब्बतियन नागरिक दावा लामाकी श्रीमती हुन् । लामा पुर्पक्षकाका लागि थुनामा छन् ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शुमा सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो । पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो ।

विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो। सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भए पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *