प्रज्जवल थापा । क्याल्टन क्लब बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र ग्रिजमनले एक/एक गोल गरे । खेलको २० औं मिनेटमा मेस्सीले फ्रि-किक मार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । ४९ औं मिनेटमा जोर्डी आल्बाले आफ्नै पोस्टमा गोल गरेपछि बिल्बाओले खेलमा बराबरी गरेको थियो ।

तर ७४ औं मिनेटमा ओस्कारको पासमा एन्टोनी ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भयो । जितसँगै बार्सिलोना २० खेलमा ४० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
