काठमाडौं । चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टीमले एक विशेष कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरेको हो ।
गीतमा नायक पल शाह र नायिका नीति शाह रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र विशाखा शाहीको स्वर छ ।
गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ । यो चलचित्र साउनको २३ गतेबाट रिलिज हुँदैछ ।