प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा विभागिय टोली नेपाल एपिएफ क्लबले लगातार पाँचौ जित निकालेको छ । शनिबार दिउँसो एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गर्दा प्रिती राईले एक गोल गरिन् । १३ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै एपिएफलाई खेलमा अगाडि बढाएकी थिईन् ।
७१ औँ मिनेटमा प्रिती राईले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारेकी थिईन् । यस्तै ७५ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३-० गोलको अग्रता दिलाईन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एपिएफ ३-० गोलले विजयी भएको हो ।
यससँगै एपिएफले आफ्नो अपराजित यात्रालाई पाँच खेलसम्म लम्ब्याएको छ । एपिएफ पाँच खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा यथावत छ ।
तस्बिर:- एन्फा
