काठमाडौं । शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् ।
सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् ।

