जुद्धसालिकबाट समातिए हुण्डी कारोबारी, २० लाख बरामद

काठमाडौं । प्रहरीले हुण्डीको रकमसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार दिउँसो जुद्धसालिकबाट सिन्धुपाल्चोकका संजय बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २० लाख २९ हजार ६ सय बीस रुपैयाँ बरामद गरेको परिसरका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *