नोभाभ्याक्सको खोप ८९ प्रतिशत सुरक्षित

 

अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सको परीक्षणका क्रममा रहेको उसको कोभिड-१९ विरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ । वेलायतमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको कम्पनीले जनाएको छ । यस परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका थिए ।

वेलायतले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिएको छ। ती अक्सफर्डरएस्ट्राजेनिका, फाइजररबायोएनटेक र मोडेर्ना खोपहरू हुन् । वेलायतबाट सुरु भएको पाइएको निकै उच्च सङ्क्रमणदर रहेको भाइरसको नयाँ प्रकार फैलिरहंदा यस्तो परीक्षण भएको हो । जसकै कारण यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ ।

अझै केही बढ्ता सङ्क्रामक भिन्न प्रकार दक्षिण अफ्रिकामा पनि पाइएको छ । जहाँ थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिसत प्रभावकारी देखिएको छ । वेलायतका प्रधानमन्त्रीले यस ’सुखद् समाचार’को स्वागत गरेका छन् । उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने बताएका छन् ।

वेलायतले आफ्नै देशको स्टकटन–अन–टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ । नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ । अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स वेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो ।

तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड(१९ बाट जोगाउनका लागि ८९.३ प्रतिसत प्रभावकारी देखिएको थियो । १८–८४ उमेर समूहका सहभागी १५ हजार जनामध्ये २७ प्रतिसत ६५ वर्षभन्दा बढि उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ । वेलायत सरकारको खोप कार्यदलका अध्यक्ष क्लाइभ डिक्सले उक्त नतिजालाई ’सानदार’ बताएका छन् ।

ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यदि खोप स्विकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस त्यसलाई वितरण गर्न ’तयारी अवस्थामा रहेको’ बताएका छन् । यसअघि आएका फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *