भन्सार छलेर ल्याएको ७२ लाख बराबरको सामानसहित ट्रक चालक पक्राउ

भक्तपुर । भन्सार छलेर ल्याएको ७२ लाख बरावरको अवैध सामानसहित प्रहरीले ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काभ्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ७६० नम्बरको सेतो ट्रकमा उक्त सामान बरामद गरेको हो। प्रहरीले जगातीस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा उक्त सामानसहित चालकलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त जगातीको टोलीले जाँच गर्ने क्रममा ट्रकमा परालको भुसभित्र रहेको कुर्तासुरुवाल, धाराको पार्टपुर्जालगायतका करिब रु ७२ लाख बराबरका सामान बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार प्रहरीले कुर्तासुरुवाल तीन हजार ८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ थान, सर्टको कपडा २८० रोल, ब्लाउज एक हजार ८७५ थान, पर्दाको कपडा ९९ रोल, साडी १५९ थान तथा धाराको पार्टपुर्जा ३९८ थान बरामद गरिएको छ।

ट्रकमा परालभित्र राखेर अवैध रुपमा भन्सार छलेर ती समानसँगै अवैध ओसार–पसारमा संलग्न सवारीसाधन र दोलखा कालिन्चोक गाउँपालिका–२ बस्ने ४७ वर्षीय लक्ष्मण थामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *