काठमाडौंबाट दुई हुण्डी कारोबारी पक्राउ, ४० लाख नगद बरामद

काठमाडौं । प्रहरीले दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार राति विशाल बजार कम्पनीको भुइँतलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको कोलकाता घर भई काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्ने वर्ष ६७ का सुरज दत्त र रुपन्देही, देवदहका ६३ वर्षका धर्मप्रसाद ढकाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *