काठमाडौं । फिफा विश्वकप विजेता तथा ब्राजिलका पूर्वडिफेन्डर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को क्वालिफायर २ हेर्न विशेष अतिथिको रूपमा उनी नेपाल आएका हुन् ।
उनले नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायर धनगढी एफसी र पोखरा थन्डर्स बीचको खेलमा दशरथ रङ्गशालामा आउने तालिका रहेको छ । यसअघि नै नेपाल आउने तालिका रहेको उनी बिरामी हुँदा केही दिनपछि मात्र नेपाल आइपुगेका हुन्।