चैत १५ को आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा लुइँटेल पक्राउ

काठमाडौं । काठमाडौंको तिनकुनेमा चैत १५ गते भएको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ओमप्रकाश लुइँटेललाई पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–५ घर भएका लुइँटेल निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेकाले पक्राउ गरेको परिसरले जनाएको छ ।

प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *