अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, तीन करोड भन्दाबढी अकुत सम्पत्ति आर्जनको अभियोग

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले सञ्चालन गरेको वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा अख्तियारले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्म यादवले गरेको आर्जन गरेको सम्पत्तिको छानबिन गरेको थियो । अनुसन्धानबाट उनको कुल वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिएको थियो ।

यस अवधिमा अमिन यादवको कुल व्यय पाँच करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ रहेको अनुसन्धानले देखाएको छ । अनुसन्धानबाट यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ अवैध रकम आय गरेको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *