‘भूठान’को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा हरिवंश आचार्यलाई फरक अवतारमा देख्न सकिन्छ ।

ट्रेलरमा देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको छ । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश आफ्नो जन्मथलो फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको ट्रेलरमा देख्न सकिन्छ ।

विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेनलगायतको अभिनय छ । फिल्ममा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन् ।

फिल्मको प्रमुख निर्माता अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुन् । फिल्म यही वैशाख १२ गते रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *