चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुर्याएको विभागले जनाएको छ । प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढी वृद्धि भएको देखिएको छ ।

डिसेम्बरमा चीनले १३.७ अर्ब घन मिटरबाट १८.७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो । चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको छ यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *