हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीका अमित साह, सुनसरीको धरानका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३५ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीइा अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

प्रहरीले उनीहरु चैत्र १५ गते तिनकुने क्षेत्रमा तोडफोड, आगजनी गरी गराई घरमा प्रवेश गरी नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *