विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । आपराधिक समुह र प्रहरीबीच भिडन्त भएको यो दोस्रो हाे ।