पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको क्वाटरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० गोलले हराउँदै पुलिस क्लब अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन विवेक पाण्डे र राम वाजेले समान एक/एक गोल गरे । २८ औं मिनेटमा विवेकले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रामले गोल गर्दै पुलिसलाई पहिलो हाफ मा दुई गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पुलिस २-० गोलले विजयी भएको हो । अब भोली हुने दोस्रो क्वाटरफाइनलमा खेलमा थ्री स्टार क्लब र मछिन्द्र फूटबल क्लब भिड्नेछन् ।