एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादर सम्बन्धी कसुरमा मल्ल पक्राउ परेका हुन् ।

लेनदेनको विषयमा जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले मल्ललाई पक्राउ गरेको हो । सोमबार पक्राउ परेका मल्ललाई महाराजगन्ज वृत्तमा राखिएको छ।

उनीविरुद्ध एक जना पीडितले २० लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरमा जाहेरी दिएका थिए। जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनीमाथि कारबाही अगाडि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *